‘खड्ग ओलीले राजपालाई प्रदेश २ को सरकारबाट हटाउने चेतावनी दिएपछि...’

राजनीति

12/30/2018

काठमाडौं, १५ पुस । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रदेश २ को सरकारबाट राजपालाई हात धुनुपर्ने चेतावनी दिएको खुलासा भएको छ ।

तराई मधेश राष्ट्रिय अभियानका संगठन विभाग प्रमुख आर.डी. आजादले यस्तो खुलासा गरेका हुन् । उनले राजपाका नेताहरुले समर्थन फिर्ता लिने कुरा गरेपछि यस्तो चेतावनी दिएको दाबी गरेका छन् ।

मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा आजादले भने, ‘अस्ति प्रधानमन्त्री खड्गप्रसाद ओलीले राजपाका नेताहरु भेट्न गएका प्रष्टरुपमा भनेका थिए ।;

‘केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिए भने प्रदेश २ मा सबभन्दा ठूलो पार्टीको हैसियतले राजपालाई हटाएर फोरमसँग सरकार बनाउने ओलीले राजपाका नेताहरुलाई चेतावनी दिएका थिए ।’ आजादले भने ।

खड्गप्रसाद ओलीको कुरा सुनेर राजपाका नेताहरु डराए र चुप लागेर फर्केको उनको दाबी छ । उनले भने, मिडियामा भन्नका लागि एक साताको समय माग गरेको प्रचार मात्र गरिएको हो ।’

‘यिनीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलन गर्ने भन्नु बहना मात्र हो । राजपा नेपाल सत्तामा जानको लागि बार्गेनिङ मात्र गर्दैछ ।’ आजादले भने ।

उनले फोरम राजपाले मधेशको मुद्दालाई कहिल्यै पनि समाधान नचाहेको आरोप लगाएका छन् । मधेशको समस्यालाई यथावत् राखी त्यसमाथि आफ्नो राजनीति यात्रा अगाडि बढाउनु मात्र राजपा र फोरमका नेताहरुको उद्देश्य रहेको बताए ।

उनले यिनीहरुले मधेशको मुद्दा सम्बोधन गराउन नसक्ने दाबी गर्दै मधेशका नयाँ वैकल्पिक शक्तिको निर्माणमा आफूहरुले लागेको बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ