काठमाडौं, २० कार्तिक । गत असोज २७ गते नवलपरासी जिल्लाको बुद्ध चोकबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक कैलाश महतो र नवलपरासी जिल्लाको संयोजक श्रीकृष्ण यादवलाई जिल्ला अदालतले पुनः अनुसन्धानका लागि थप १० दिनको म्याद दिएको छ ।
दुबै जनालाई राज्यविरुद्ध अपराध कसुरअन्तर्गतको पक्राउ पुर्जी र थुनुवापुर्जी दिएर मुद्दा चलाइएको थियो ।
सरकारी वकिलले यिनिहरुमाथीको अपराध सिद्ध गर्न नसकेपछि सांगठनिक अपराधको कसुरमा थप १५ दिनको म्याद माग्दा अदालतले सोमबार १० दिनको म्याद दिएको छ ।
फरक किसिमको अपराधमा थप म्याद दिँदा महतो पक्षका वकिलहरु घनघोर बहस गरेका थिए र सयौंको संख्यामा उपस्थित समर्थकह विरोध प्रदर्शन गरेका थिए ।
महतो र यादवलाई जिल्ला प्रहरी कार्यालय लैजान नसकेर पुनः ३० मिनेट अदालतमै फर्काएर राखेका थिए ।
तपाईको प्रतिक्रिया