गौर राईस मिलको जग्गा अधिग्रहण गर्छौ : मुख्यमन्त्री राउत

राजनीति

12/30/2018

रौतहट, १४ पुस । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले रौतहटबासीको मुख्य चाहनाको रुपमा रहेको गौर राईस मिलको जग्गा अधिग्रहण गरी जनताको जिम्मा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ऐतिहासिक राईस मिलको मैदानमा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले शनिवार आयोजना गरेको प्रदेश २ को तेस्रो तथा नेपालको ६३ औ रौतहट जिल्ला खुल्ला दिसामुक्त घोषणा समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राईस मिलको जग्गाको विषय सार्वजानिक चासो को विषय भएकोले प्रदेश सरकार गम्भीर भएको बताए ।

मुख्यमन्त्री राउतले यो जग्गा खेल मैदानको रुपमा प्रयोग हुने भन्दै गौर बासीको आशा चाडै पूरा हुने ठोकुवा गरे । बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रदेश सरकार सक्रिय सोचले अगाडी बढाई रहेको बताउँदै राउतले प्रदेश सरकार महिला सशक्तिकरणको लागि विधेयक ल्याउने तयारी गरेको बताए ।

खुल्ला दिसा मुक्त घोषणाले मात्र बातावरण स्वच्छ हुन नसक्ने तर्क राख्दै मुख्यमन्त्री राउतले सोचमा परिवर्तनको जरुरी रहेको धारणा राखे ।

खुल्ला दिसा मुक्त भएपछि स्वच्छता अभियान समाप्त नभएकोले अव मुख्यमन्त्री स्वच्छता अभियान संचालन हुने बताए । अगामी दिनमा प्रदेश सरकार सवै तहमा ५० प्रतिशत महिलाहरुको सहभागीको आरक्षण गर्न लागेको उल्लेख गरे ।

शिक्षा, स्वास्थ्यको अवस्था प्रदेश २ मा चिन्ताजनक रहेकोले यसको सुधारको लागी सरकार गंम्भीर भई सुधारको योजना ल्याउने त्यारी गरेको जनाए । मुख्यमन्त्री राउतले सघिय सरकार प्रति लक्ष्ति गर्दै नागरिकता समस्या समाधान नगरेमा प्रदेश सरकार अगाडी कदम चाल्ने चेतावनी दिए ।

सरकार ल्याउन लागेको प्रहरी ऐनमा ५० प्रतिशत जातिय जनसंख्याको अधारमा आरक्षण गरिएको भन्दै मुसिलमहरुको शिक्षाको विकासको लागी मदरसा वोर्ड गठन गर्न लक्ष्य राखेको बताए ।

प्रदेश २ को युवाहरुको बेरोजगारी समस्या समाधान नभए सम्म समृद्ध प्रदेश हुन नसक्ने बताए । माघ १ गते देखि जन्म लिने बेटीको १ लाख विमा गर्नेकार्य शुरु हुने जानकारी गराउदै मुख्यमन्त्री राउतले गरिव , असहाय परिवारको छोरीको विहेको लागी सो रकम उपहार सावित हुने जिकिर गरे ।

कार्यक्रममा प्रदेश २ को भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गौर राईस मिल मधेश आन्दोलनको साक्षी रहेकोले प्रादेशिक गौरवको योजना अन्र्तगत अधिग्रहण गनेू पर्ने जोड दिए ।

नेकपाका नेताका नेताहरु प्रति कटाक्ष गर्दै राज्यमन्त्री यादवले संघिय सरकारका मन्त्री उपचार गराउन विदेश गएको समाचार लेख्ने पत्रकारलाई कुटपिट गर्दा कुटनितिक विपरित कार्य नहुने प्रदेश सरकार जनताको हितका काम गर्दा कुटनितिक मर्यादाको विपरित भएको भन्दै डेलिकेशन लिएर जाने टिप्पणी गरे ।

राज्यमन्त्री यादवले भारतका सचिन तेन्दुलकर , महेन्द्र सिहं धौनी , नेपालका संदिप लामिछाने जस्तो क्रिकेट खेलाडी बन्न सकने रौतहटका युवाहरु रहेकोले गौर राईस मिलको जग्गा अविलम्व अधिग्रहण गरी खेलकुदको मैदान बनाउन मुख्यमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद रामकिशोर राय यादव गण्डक नहरको काम छिटो गर्नलाई ठेकेदारलाई निर्देशन दिन आग्रह गर्दै नदी नियन्त्रण कार्यालयले नदीको कार्यमा ढिलासुस्ती गरीरहेकोले कार्यवाही गर्न सरकार संग माग गरे ।

प्रदेश सांसद बाबुलाल साहले गौर राईस मिलको जग्गा सार्वजनिक गर्नु पर्ने जोड दिदै गौर अस्पतालको अवस्था जर्जर रहेकोले यसको सुधार गर्नु पर्ने बताए ।

सहभागी भएका अतिथीहरुलाई स्वागत गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले रौतहटको शान , गौरको मुटुको रुपमा रहेको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा प्रति भु मुफियाहरुको चलखेल तिव्र रहेको हुदा छिटै अधिग्रहण गरि सार्वजनिक गर्नु पर्ने माग गरे । मेयर गुप्ताले गौरको जनताको आशा रहेकोले प्रदेश सरकारले गौरनगरवासीको अपेक्षा पुरा गर्ने विश्वस्त रहेको बताए ।

५ वर्षको सघन प्रयासको कारण रौतहट सरसफाईको पहिलो चरणको खुडकिलो पार गरेको खानेपानी सरसफाई डिभिजन कार्यालय सर्लाही रौतहटका डिभिजन प्रमुख अनिल केसरीले बताए ।

२०६८ को सरसफाई गुरु योजना अन्र्तगत विगत ५ वर्षमा विभिन्न किसिमका सरसफाईको जनचेतनामुलक कार्यक्रम संचालन गरी जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गराउने कार्यमा सहयोग पुरयाउने सवै सरोकारवाला व्यक्ति , सरकारी कार्यालयका प्रमुख , सुरक्षा निकायका प्रमुख , सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख , नागरिक समाजका अगुवा , संचारकर्मीहरु प्रति धन्यवाद ज्ञापन गर्दै डिभिजन प्रमुख केशरीले अगामी दिनमा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत कमी कमजोरीलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।

समारोहमा अधारभुत विधालय वाल मंदिर गौर , न्यु होप एकेडमी इंगलिश वोर्डिङ्ग स्कुल , जी स्टार ईगलिश वोर्डिङ्ग स्कुलका वाल वालिकाहरुले मधेशको कला संस्कृति झल्किने गीत संगित झाकी प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ