गृहमन्त्रीलाई राजपा सांसदको प्रश्न, ‘सीके राउतको मान्छेको हो भनेर मान्छे मार्न पाइन्छ ?’

राजनीति

9/16/2018

काठमाडौं, २९ भाद्र । हिरासतमा राम मनोहर यादवको मृत्युबारे गृहमन्त्रीले दिएको जवाफको राष्ट्रिय जनता पार्टी नेपालले कडा आलोचना गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले राम मनोहर सीके राउतको मान्छे भएको र रोगको कारण मृत्यु भएको भनी जवाफ दिएका थिए ।

सो जवाफप्रति कडा आपत्ति जनाउँदै प्रतिनिधिसभाको बैठकमा राजपा नेपालका सांसद तथा सहअध्यक्ष लक्ष्मण लाल कर्णले सीके राउतको मान्छे हो भन्दै मान्छे मार्न पाइन्छ भनी गृहमन्त्रीसमक्ष प्रश्न तेर्साएका छन् ।

उनले रोगको कारण मृत्यु भयो भने कुन रोगका कारण मृत्यु भयो त्यसबारे किन सार्वजनिक गरिएन भन्ने पनि सांसद कर्णले प्रतिप्रश्न गरेका छन् । 

‘कालो झण्डा देखायो भने राज्यविरुद्धको अपराध मुद्दा लाग्छ ? कहाँ छ यस्तो कानून हामीलाई बताउनुपर्यो ।’ सांसद कर्णले गृहमन्त्रीको यस्तो जवाफप्रति आफूहरुको चित्त नबुझेको बताए । 

सांसद कर्णले संसदीय छानबिन समिति गठन नभएसम्म संसद उभिरहने सभामुखलाई बताएका थिए । सभामुखले दोषीमाथि कारबाही हुने सरकारको तर्फबाट प्रतिबद्धता आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ