वीरगंज, १९ कार्तिक । ‘मधेशको भ्रमण नगरी नेपाल भ्रमण पूरा हुँदैन’ भन्ने मूल नाराका साथ भिजिट मेधश नेपालको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ ।
ग्लोबल बिजनेस कलेजको सभा हलमा कार्तिक १६ गते शुरु सम्मेलन तीनदिने घोषणा पत्र जारी गरी सम्पन्न भएको छ ।
सम्मेलनले तराई मधेशमा पर्यटन प्रवद्र्धनका लागि नयाँ उमंगका साथ उत्साहपूर्ण वातावरण तयार गर्न महाअभियान संचालन गर्ने, पर्यटकीय स्थलहरु÷ऐतिहासिक पुरातात्विक धरोहरहरु तराई मधेशका मौलिक संस्कृति, भाषा एवं तराई मधेशका हरेक किसिमका पर्यटकीय सम्भावनाहरुलाई विश्वव्यापी रुपमा डिजिटल प्रविधिबाट (वेव साईट र मोवाइल एप्सहरु)उजागर गर्ने र यो महाअभियानमा ग्लोबल मधेशीहरु, तिनै तहका सरकारहरु लगायत सम्बन्धित एवं ईच्छुक सबै पक्षसँग सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ ।
सम्मेलनको सत्रहरुमा यस अभियानका ग्लोबल संयोजक राज सर्राफले यो अभियानको सन्र्दभमा विश्वव्यापी रुपमा जारी बिविन्न गतिबिधिको बारेमा भिडियो कन्फ्रेन्सको माध्यमले सहभागि प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।
अभियानका राष्ट्रिय संयोजक ओमप्रकास सर्राफले अभियानको उद्देश्य , योजना र नितिको बारेमा प्रशिक्षण दिएका थिए । सर्राफले मधेसका पर्यटन क्षेत्रहरु ओझेलमा परेको भन्दै त्यसलाई विश्वसामु ल्याउन आफनो अभियान लागि पर्ने बताएका थिए ।
पर्यटन क्षेत्रले आर्थिक ,समाजिक ,साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदानदिने र तराई मधेसको पहिचानलाई अझ उजागर बनाउने भएकोले यो अभियानलाई विश्वव्यापिकरण गरिएको जानकारी दिए ।
प्रशिक्षण सत्रमा तराई मधेशका पर्यटकिय बहुआयमको बारेमा बरिष्ठ पत्रकार चन्द्रकिसोर झाले प्रशिक्षण दिएका थिए ।
सम्मेलनको उद्घाटन सत्रमा तराई मधेशका झापा देखि कञ्चनपुर सम्मका २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलन प्रदेश नम्बर २ का पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
राज्यमन्त्री मण्डलले यो अभियानले तराई मधेसको काय पलट हुन सक्ने सम्भावना रहेकोले यो अभियान संग प्रदेश सरकार सहकार्य गर्न आतुर रहेको बताए ।
उद्घाटन सत्रमा विशिष्ट अतिथि वीरगंज महानगरपालिका मेयर बिजय सरावगी, भारतीय महावाणिज्य दूतावासका महादूत विसि प्रधान, शिक्षाबिद प्रो.डा. दिपक शाक्य,पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संचारकर्मी राजेन्द्र सिंहले गरेका थिए ।
तपाईको प्रतिक्रिया