चिकित्सा शिक्षा विधेयकमा राजपाको संशोधन प्रस्ताव

राजनीति

2/1/2019

काठमाडौं, १७ माघ । राष्ट्रिय सभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा राजपा नेपालले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यो सँगै विधेयकमा ३ वटा संशोधन परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ४ जना र राजपाका एक सांसदले अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विधेयकमा राख्न भन्दै संशोधन हालेका हुन् । उनीहरूले प्रस्तावनादेखि नै डाक्टर केसीसँग यसअघि गरिएको सम्झौता अनुसारको भाषा राख्न माग गरेका हुन् ।

संशोधन हाल्ने सांसदहरू राजपाका वृषेशचन्द्र लाला, नेपाली कांग्रेसका राधेश्याम अधिकारी, सरिता प्रसाईं, प्रकाश पन्थ र बन्द्री प्रसाद पाण्डे हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ