चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

राजनीति

1/17/2019

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका स्थित चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् ।

साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताए । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले देश तिव्र विकासको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक बर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए । “संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ ”प्रधानमन्त्री ओलीले भने ।

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए । “यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ ” प्रधानमन्त्री ओलीले भने – “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनु । सरकारले सकारात्मक ढंगले लिनेछ ” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ