चारमहिनापछि सुरु भयो प्रदेश नं ५ को हिउँदे अधिवेशन

राजनीति

12/13/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २६ मंसिर । प्रदेश नम्वर ५ को तेस्रो अधिवेशन चारमहिनापछि सुरु भएको छ ।

प्रदेशसभा भवन प्रदेश ५ को बुटवलमा सुरु भएको तेस्रो अधिवेशनमा प्रदेश सांसदहरुले प्रदेश सभाको सशक्त भूमिका लागि अन्तरप्रदेश परिषदको बैठकले गरेका निर्णयहरु कार्यन्वयनमा जोड दिएका छन् ।

प्रदेश सभाको भूमिका कमजोर हुँदै गएको जनताबाट गुनासो आइरहेको भन्दै सांसदहरुले संविधानले दिएको अधिकार क्षेत्र भित्र रही प्रदेश सदस्यहरुलाइ सकृय बनाउनुपर्ने बताए ।

प्रदेश सभाको बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता भूमिश्वर ढकालले तेस्रो अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्ष नभई विषयमा केन्द्रित छलफल र त्यसको निष्कर्ष निकाल्नु पर्ने वताए । उनले विगतका अधिवेशनहरुमा विद्येयकमा आवस्यक छलफल हुन नसकेको भन्दै व्यापक छलफलबाट ठोस निष्कर्षमा पुग्न तेस्रो अधिवेशन सफल हुनेमा आशा व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले कर्मचारी प्रशासन र प्रहरी प्रशासन केन्द्रले संचालन गर्ने र विकासका काम स्थानीय तहले संचालन गरे पछि प्रदेशसभाको औचित्यमा प्रश्न उठेको वताए । चौधरीले सरकारको दिन प्रतिदिन बढ्दो घाटा बजेट पूर्ति कसरी गर्ने प्रश्न गरे ।

सरकार करवृद्धिमा लागेको भन्दै घाटा बजेट पूर्तिका लागि कर बढाउने त हाइन भन्दै आशंका व्यक्त गरे उनले सरकारलाई काम गर्ने वातावरण बनाउन वित्त आयोग तत्काल बनाउन समेत सुझाव दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ