सिरहा, २८ कार्तिक । छठ पर्वले समाजका विभिन्न समुदायलाई एकताको शुत्रमा बाधेको सिरहा जिल्ला क्षेत्र नं. ४ का संघीय सांसद राजकिशोर यादवले बताएका छन् ।
राजपा नेपालका अध्यक्षमंडलका सदस्य समेत रहेका यादबले छठ पर्वले सबै समुदायलाई एकताको शुत्रमा बाधिएझैं कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउन एकताको शुत्रमा बाधिँएको प्रतिबद्धता जनाएका हुन् ।
कर्जन्हा नगरपालिकालाई नमुना नगरपालिका बनाउन प्रदेश २ सरकारले हदैसम्म सहयोग गर्ने सिरहा क्षेत्र नं. ४ “क” का प्रदेश सांसद दिलिप साहले बताए ।
जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले लामो समयदेखि कर्जन्हा नगरपालिकामा कायम रहेको विवाद छिट्टै अन्त गर्ने प्रयासमा रहेको बताए ।
तपाईको प्रतिक्रिया