छठ पर्वको अवसरमा प्रदेश २ मा दुई दिन विदा : मन्त्री सोनल

राजनीति

11/11/2018

पर्सा, २४ कार्तिक । छठ पर्वको अवसरमा प्रदेश २ को सरकारले दुई दिन विदा दिने घोषणा गरेको भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

उनले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका छन् ।

चौरसिया सेवा समिति पर्साले वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्र्वको शुभकामना अदानप्रदान कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले दशँै, तिहार र छठजस्ता पर्वले समाजमा भाइचारा तथा सौहाद्रता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

छठ पर्वको शुभकामना दिँदै मन्त्री सोनलले जातको आधारमा विभेद् गर्न नहुने र सबै मानव समान रहेको सन्देश छठ पर्वले दिएको छ भने । उनले छठ पर्वका अवसरमा प्रदेश सरकारले पहिलोपटक दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ