जनकपुरधाम, ३० कार्तिक । नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले जनकपुरधामको सौन्दर्यीकरणका लागि भारत सरकार सदैव तत्पर रहेको बताएका छन् ।
शुक्रबार बिहान जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहसँग भेटघाटको क्रममा उनले सो कुरा बताएका हुन् ।
जनकपुरधाममा भइरहेको विकास निर्माणका लागि राजदूत पुरीले मेयर साहलाई बधाई दिएका छन् । उनले जनकपुरधाम र भारत बीचको सम्बन्ध पौराणिक राहेकोले यहाको विकास निर्माणमा सहयोग गर्न भारत तयार रहेको बताएक थिए ।
राजदूत पुरी र मेयर साहबीच भएको भेटघाटमा विवाहपञ्चमीमा यूपिका मुख्यमन्त्री योगी आदित्य नाथको जनकपुरधाम भ्रमण, जनकपुरधाममा भइरहेको विकास निर्माण र क्रिकेट स्टेडियमको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । फोटो : जानी खान मधेशीको फेसबुक भित्ताबाट साभार
तपाईको प्रतिक्रिया