जनतान्त्रिक तराई मुक्ति मोर्चाले सरकारसँग माग्यो स्पष्ट धारणा

राजनीति

10/2/2018

काठमाडौं, १६ असोज । विद्रोही समूहहरुसँग सरकारले वार्ताका लागि गरेको पत्राचारको जवाफमा जनतान्त्रिक तराई मुक्ति मोर्चाले सरकारसँग पाँचबुँदे स्पष्ट धारणा माग गरेको छ ।

नेपाल सरकारको राजनीतिक वार्ता टोली २०७५ ले गत असोज ४ गते वार्ताका लागि मोर्चालाई पत्र पठाएको थियो । सो पत्रको जवाफ फर्काउँदै मोर्चाले विभिन्न प्रश्नहरु तेर्साएको छ ।

मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति “विवेक”ले सरकारी राजनीतिक वार्ता टोलीको पत्रको व्यवहोरा, भावना र लक्ष्य निकै सकारात्मक रहेको भन्दै धन्यवादसमेत ज्ञापन गरेका छन् ।

उनले उल्लेख गरेका छन्, ‘हामी वार्ता विरोधी होइनौं र हाम्रो मान्यता पनि रहिआएको छ कि वार्ता सम्वाद सहमति र सहकार्यकै माध्यमले राजनीतिक राजनीतिक निकास र समृद्ध नेपाल बनाउने तथ्य जगजाहेर छ ।’

उनले सरकारले विगतमा गरेका सहमति र सम्झौताहरु कार्यान्वयन हुन नसकेकोले वार्ताको वातावरण तयार नभएको जिकिर गरेका छन् । विगतका सहमतिहरु कार्यान्वयन किन भएन भनेर प्रश्न पनि तेर्साएका छन् ।

उनले सरकारसँग माग गरेको पाँच बुँदे स्पष्ट धारणा आए ठोस, भरपर्दो र विश्वसनीय जवाफ प्राप्त भए तत्कालै तत्कालै वार्ता टोली गठन गरी औपचारिक वार्तामा बस्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ