जनता समाजवादी पार्टी विधिवत दर्ता

राजनीति

7/9/2020

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।

निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ ।

जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको छ । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।

दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ