काठमाडौं, ३ कात्तिक । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारबाट ललितपुरमा बस्दैछ ।
बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । बैठकबाट पार्टीले विधान संशोधन गर्न लागेको हो । विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।
गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको हो ।
तपाईको प्रतिक्रिया