डा.सीके राउतको मुद्दामा आजको बहस सम्पन्न, कार्तिक १ गते फेरि बहस हुने

राजनीति

10/14/2018

वीरगन्ज, २८ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज दिनभर भएको बहस सम्पन्न भएको छ ।

वीरगन्ज उच्च अदालतमा भएको बहसमा कार्तिक १ गते बिहीबार पुनः बहस हुने आदेश गरी आजको इजलास समाप्त भएको हो ।

असोज २१ गते रौतहट गौरस्थित अदालतमा पेशीका लागि आएका राउतलाई बिना पक्राउ पुर्जी रौतहट प्रहरीले पक्राउ गरेको थियो ।

उच्च अदालत वीरगन्जमा भएको पेशी उपर चलेको बहसलाई मध्यनजर गर्दै उच्च अदालत वीरगन्जले रौतहट जिल्ला अदालतबाट सम्पूर्ण मिसिल झिकाएर मात्र कार्तिक १ गते पुनः उपस्थित हुनको लागि आदेश गरेको हो ।

डा. राउत वीरगन्ज उच्च अदालत आउँदा गाउँ–गाउँबाट हजारौंको संख्यामा सर्वसाधारण आएका थिए ।

डा. सीके राउतलाई रिहा गर लगायतका नाराहरुसमेत लगाइएको थियो । सोही क्रममा ५० भन्दा बढीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ