डा.सीके राउतको म्याद १५ दिन थप

राजनीति

11/1/2018

रौतहट, १५ कार्तिक । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत रौतहटले राज्यविरुद्धको संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न १५ दिनको म्याद थप गरेको हो ।

गत असोज २१ गते सामान्य तारेख लिन अदालतमा उपस्थिति हुँदा अदालतको परिसरबाटै डा.राउतलाई प्रहरीले पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो तर बिहीबार प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो ।

गौरबाट डा.राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ