काठमाडौं, ३० कार्तिक । राज्य विप्लवको मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको मुद्दामा आज पनि बहस नै नभइ सर्वोच्च अदालतले पुनः तारिख दिएको छ ।
सर्वोच्च अदालतले डा.राउतलाई सोमबार उपस्थित गराउने आदेश दिएको हो ।
रौतहटबाट पक्राउ परेका डा.राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको थियो । अदातलको आदेशअनुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका लागि शुक्रबार पेशी तोकिएको थियो ।
डा.राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया