डा.सीके राउत रिहा

राजनीति

3/7/2019

काठमाडौं, २३ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत रिहा भएका छन् ।

राज्य विप्लवको मुद्दामा महिनौंदेखि रौतहट जिल्ला कारागारमा रहेका डा.राउतलाई बिहीबार साँझ रिहा गरिएको छ ।

डा.राउतविरुद्ध कुनै पनि प्रमाण फेला नपरेकोले र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब नेपाल सरकारमाथि पर्न थालेपछि साधारण तारिखमा रिहा गरिएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले बिहीबार डा.राउतलाई साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशलाई खारेज गर्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ