काठमाडौं, २४ फागुन । छुट्टै मधेश राष्ट्र निर्माणको अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा प्रधानमन्त्री ओली र डा.राउत सम्बोधन गर्ने स्रोतले बताएको छ ।
सोही मञ्चबाट डा.राउतले स्वतन्त्र मधेशको नारा त्याग्ने, स्वतन्त्र मधेश गठबन्धन नामक संगठनलाई पनि विघटन गर्ने घोषणा हुनसक्ने दाबी पनि गरिएको छ ।
कुनै पनि हालतमा नेपालबाट मधेशलाई अलग्याएर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा करिब ९ वर्षदेखि डा. राउत सक्रिय थिए ।
राज्य विप्लवको मुद्दामा राउत पटक–पटक समातिँदै आएका थिए । उनीविरद्ध कुनै ठोस प्रमाण फेला नपरेपछि सर्वोच्च अदालतले पनि सफाइ दिएको थियो ।
उनलाई बिहीबार मात्र सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया