काठमाडौं, २९ कार्तिक । अलग मधेश राष्ट्र निर्माणको अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।
राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो । राज्य विप्लवकै मुद्दामा तारेख लिन रौतहट जिल्ला अदालतमा उपस्थित प्रहरीले पुनः उनलाई पक्राउ गरेको थियो ।
राज्य विप्लवको मुद्दामा रौतहटबाट पक्राउ परेका सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्च अदालतले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने सर्वोच्च स्रोतले जनाएको छ ।
उनलाई अदालतमा प्रस्तुत गराउन मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो ।
तपाईको प्रतिक्रिया