काठमाडौं, २० पुस । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको शपथ ग्रहणलाई विवादमा ल्याउनु विडम्बनापूर्ण रहेको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन् ।
निर्वाचित भएको करिब १३ महिनापछि बिहीबार भएको शपथ ग्रहणबारे केही नेताहरुले टिकाटिप्पणी गर्न थालेपछि डा. भट्टराई सामाजिक सञ्जालमा ट्वीट गरेका छन्, ‘रेशम चौधरीबारे विवाद विडम्वनापूर्ण ! टीकापुरमा मान्छे मर्नु दुःखद छ । तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टी भएको छैन ।’
डा.भट्टराईले ‘शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र ?’ उनले प्रतिप्रश्न गरेका छन्, कांग्रेस–कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने,थारूका चाहिं अपराध ?’
तपाईको प्रतिक्रिया