काठमाडौं, ३ पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई के कारणले पुर्पक्ष गरिएको छ भनि उच्च अदालत जनकपुरको अस्थाई ईजलाश वीरगंजले सक्कल मिसिल १५ दिन भित्र उपलब्ध गराउन जिल्ला अदालत रौतहटसँग माग गरेको छ ।
अहिले स्वतन्त्र मधेश गठबन्धनका ४ जना नेताहरु कारागारमा छन् ।
राउत रौतहट कारागारमा, सहसंयोजक कैलाश महतो सिरहा कारागारमा, संजय यादव धनुषा कारागारमा र नवलपरासी जिल्ला संयोजक श्रीकृष्ण यादव नवलपरासी कारागारमा छन् ।
डा. राउतबाहेक ३ जना धरौटी नदिई स्वेच्छाले मधेश आजादीको लागि कारागार गएको प्रवक्ता अब्दुल खानले जनाएका छन् ।
तपाईको प्रतिक्रिया