रौतहट, ३ असोज । तराई मधेश राष्ट्रिय अभियानका नेता कार्यकर्ताहरुले मधेश विरोधी संविधान भएको भन्दै सदरमुकाम गौरस्थित मधेशी क्रान्ति चौकमा नेपालको संविधान २०७२ लाई जलाएका छन् ।
मधेशी जनतालाई हकÞ अधिकारबाट वंचित गरी बल जवर्दस्ती मधेशी माथि लादिएको संविधान स्वीकार्य नहुने बताउँदै काला संविधान संशोधन नगरिएसम्म मधेशमा संविधान दिवस नमनाउने अभियानका नेता ललित मल्लिकले बताए ।
अधिकारको माग गर्दा टाउको र छातीमा गोली हान्ने खसवादी शासकवर्गले जारी गरेको विभेदकारी संविधान मधेशी जनजाति आदिवासी, दलित, मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत वर्ग, पिछडावर्गको अधिकार समावेश नगरे कुनै पनि हालतमा हामीले यस काला संविधानलाई मान्दैनौं अभियानका कार्यकर्ताले उद्घोष गरेका छन् ।
तपाईको प्रतिक्रिया