तौलिहवामा राजपा नेपालद्वारा कालो झण्डासहित विरोध प्रदर्शन

राजनीति

9/19/2018

कपिलवस्तु, ३ असोज । कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय जनता पार्टी नेपालले कालो दिनको रुपमा कालो झण्डासहित विरोध प्रदर्शन गरेको छ ।

संविधान संशोधनको माग गर्दै राजपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

२०७२ साल असोज ३ गते बन्दुकको नालमा मधेश र मधेशी जनताको हित विपरीतको विभेदकारी संविधान जारी गरिएको भन्दै त्यसको विरोध गरेका छन् ।

आज कपिलवस्तमा संविधान दिवस कालो दिवसको रुपमा रा.ज.पा नेपाल ले मनाउँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ