दुई तिहाइ बहुमतको सरकारलाई निरर्थक हुन नदिन गम्भीर बन्नुपर्छ : उपसभापति निधि

राजनीति

10/22/2018

विराटनगर, ५ कार्तिक । नेपाली कांग्र्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए ।

उनले कांग्र्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ