देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाए : नेता सिंह

राजनीति

11/21/2018

रुपन्देही, ५ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् ।

 विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गखे ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए ।

अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनको भनाई थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ