काठमाडौं, ३ पुस । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका छन् ।
“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले क्रियाशिल हुनुपर्दछ । आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यन्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो ।”
तपाईको प्रतिक्रिया