धनगढी फन पार्क निर्माण अन्तिम चरणमा

राजनीति

12/26/2017

११ पुस, कैलाली । १० करोड बढीको लगानीमा धनगढीमा निर्माण भइरहेको धनगढी फन पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कैलालीको त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाइ विगाह क्षेत्रफलमा निर्माण सुरु गरिएको फन पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

हालसम्म पार्क निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

डेढ वर्षदेखि निर्माण कार्य भइरहेको फन पार्कमा जल विहार लगायत पानीमा रमाउनका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरुको निर्माण अन्तिम चरणमा पुगेको फन पार्कका सन्चालक श्याम विष्टले जानकारी दिए ।

आठौ साफ लगतै भएको सार्क स्तरीय उसु खेलमा नेपालका लागि स्वर्ण पदक दिलाएका विष्ट केही वर्षको कोरिया बसाई पछि नेपाल फर्केर यहाँ फन पार्कको सम्भावना देखेर त्यसमा लागेको बताउँछन् ।

उनले निर्माण गर्न लागेको फनपार्कमा स्वीमिङ पुलसहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जल विहारमा आनन्द लिन सकिने सेवाहरु रहने बताए ।

बाहिरबाट धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फन पार्कले आन्तरिक पर्यटकहरुलाई सवैभन्दा बढी राहत हुनेछ भने छेउमै रहेका भारतीय सीमावर्ती वजारका पर्यटकहरुलाई पनि आर्कषित हुने संचालक विष्टले बताए ।

नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको पुरानो भन्सार रोडमा अवस्थित फन पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेका वेला यसले अन्य सम्भावनाहरु पनि देखाएको भन्दै स्थानीय वासिन्दा खुशी भएका छन ।

स्थानीय स्तरमा गरिएको करौडौ लगानीले स्थानीयलाई रोजगार लगायत नयाँ गन्तब्य थपिएको स्थानीय रामदत्त भट्टले बताए ।

२०७४ पुष ११ गते १३:३१ मा प्रकाशित

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ