काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चरम उत्कर्षमा रहेको विवाद समाधानका लागि उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसमक्ष ६ बुँदे प्रस्ताव पेश गरेका छन् ।
उपाधयक्ष गौतमले मंगलबार सार्वजनिक गरेको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीका जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका बिषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा स्रक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने सुझाव दिएका छन् ।
यस्तै, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजाना गर्ने वामदेवले प्रस्ताव गरेका छन् ।
तपाईको प्रतिक्रिया