नेकपामा राजद विलय

राजनीति

10/2/2018

काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल विलय भएको छ । नेकपाको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन् । जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता मनइ महतोले मधेशमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि माक्र्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेशी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्लेषणका आधारमा आफूहरू ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए । पिछडा वर्ग महासङ्घलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ