नागरिक हितका लागि राज्यको भूमिका परिर्वतन हुनु आवश्यक : प्रम ओली

राजनीति

11/27/2018

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताएका छन् ।

सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको मंगलबार प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“राज्य नियन्त्रणकारी संस्था मात्रै हैन, नागरिकको अभिभावक पनि हो” प्रधानमन्त्री ओलीले भने “राज्यले भर÷अभरमा सुरक्षा दिने र श्रम गरे वापत उचित पारिश्रमिक दिने गर्दछ । आज त्यही कामको थालनी गरिएको हो ।” प्रधानमन्त्री ओलीले नागरिकका हितका लागि राज्यको भूमिका परिर्वतन हुनु आवश्यक भएको उल्लेख गरेका छन् ।

अढाइ दशक अघि मनमोहन अधिकारीको सरकारको पालामा ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम सुरुवात गरेर सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ प्रणालीको सुरुवात गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

आधुनिकतासँगै नेपालको सामाजिक र सहयोगी परम्पराहरु खण्डित हुन थालेपछि राज्यले केही नयाँ अभियान सञ्चालन गरेर जनतासँगको आत्मियता बढाउनु पर्ने महसुष भइरहेकोले यो कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री ओलीले बताए ।

“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्पे्ररित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सिङ्गो समाज मिलेर सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतालाई हौसला दिने आफ्नो विगतदेखिकै प्रयास भएको उल्लेख गरेका छन् । “म ठान्दछु समाज निराशामा रहेको अवस्थामा हौसला दिनुपर्दछ ।

प्रणाली भत्केको बेलामा सपना देखाउनु पर्दछ र शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशहरुलाई मूर्तता दिने काम गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने “विगतमा हामीले त्यसै ग¥यौं । र, अहिले पनि त्यहीं गर्दैछौं ।”

प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण प्रयास जनताका लागि हुने प्रतिवद्धता जनाएका छन् । “मेरो सम्पूर्ण प्रयास जनताका लागि, सम्पूर्ण उपलब्धि जनताको सम्पति । पछाडी परेको वर्ग, क्षेत्र र समुदायलाई विशेष प्रवन्ध गरी अगाडि ल्याऔं । गरिवीको वितरण होइन ,सबै मिलेर समृद्धि हासिल गरौं,सबैलाई सुख बाँडौं” प्रधानमन्त्री ओलीले भने “राज्य रक्षक हो, संरक्षक हो, सहयोगी हो । यही हो, लोक कल्याण्कारी राज्य, समाजवाद उन्मुख लोकतान्त्रिक राज्य ।”

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोष नेपालले आयोजना गरेको कार्यक्रमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ