नेपालगञ्ज, २१ माघ । संघीय समाजवादी फोरम नेपाल बाँकेको नेपालगञ्जमा वडास्तरीय समिति गठनका लागि हुने भनिएको निर्वाचन स्थगित भएको छ ।
कार्य व्यस्तताका कारण अर्को निर्वाचन कार्यक्रम प्रकाशित नहुन्जेलसम्मका लागि सरेको फोरम नेपाल बाँकेका सचिव बदरुद्दुजा खाँले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा वडा समिति गठनका लागि हुने भनिएको निर्वाचन कार्यक्रममा विवादसमेत उत्पन्न भएको थियो ।
गठन प्रक्रियामा स्थानीय अगुवा नेता तथा अध्यक्षका दावेदारद्वय हर्कबहादुर गुरुङ र फिरोज खानबीच विवाद बढेपछि दुवै पक्षले विरोधसमेत गरेका थिए ।
अध्यक्षका दावेदार हर्क बहादुर गुरुङले फिरोज खानको क्रियाशील सदस्यतामा नाम समेत नरहेकोले समितिको अध्यक्षमा रहन नपाउने बताउँदै आएका छन्, भने फिरोज खानले गुरुङको विरोध गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया