जनकपुरधाम, २८ भाद्र । सङ्घीय समाजवादी फोरम, नेपालको मधेश प्रदेशको आयोजनामा यहि भाद्र २२ र २३ गते पार्टीका धनुषा जिल्ला अध्यक्ष चण्डेश्वर महतोको अध्यक्षतामा प्रदेशको राजधानी जनकपुरधाममा भब्य रूपमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि पार्टीका कार्यवाहक अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गरेको उक्त दुईदिने प्रशिक्षण कार्यक्रम अत्यन्तै सामयिक तथा उपलब्धीमूलक भएको कुरा सहभागिहरूले बताएका छन् ।
उक्त कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले तात्कालिक राजनीतिक शक्ति सन्तुलनको अवस्थालाई विश्लेषण गरेर पार्टीले वर्तमान संविधान जारी हुँदाको बखत सडकमा उठाएको विषयलाई निर्वाचनलाई संघर्षको रूपमा उपयोग गरेर संसद्मा पुर्याएको मात्र नभई अहिले त्यसलाई सरकारको एजेण्डा बनाउन पनि सफल भएको बताए ।
उनले वर्तमान संविधानले नेपाललाई समाजवादउन्मुख घोषणा गरे पनि अमेरिका, स्विटजरल्यान्ड लगायतका बहुराष्ट्रिय राज्यहरूमा पुँजीवादी क्रान्तिको उपजको रूपमा त्यहाँको जनताले उपभोग गरेका सबै क्षेत्रमा सबै नागरिकहरूको समानता, सङ्घीय शासन, उत्पीडित राष्ट्रियताहरूको पहिचान, धर्म निरपेक्षता, समानुपातिक समावेशी, भाषिक समानता, सामाजिक विभेदबाट मुक्ति जस्ता विषयहरू नेपाली जनताले हाँसील गर्न नसकेबाट नेपालमा अझै राजनीतिक क्रान्ति जारी रहेको बताए ।
तपाईको प्रतिक्रिया