नेपाली कांग्रेसको आर्थिक नीति पारित

राजनीति

12/11/2018

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा प्रकाशशरण महतले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो ।

काङ्ग्रेसले आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिएको छ ।

बैठकबाट पारित आर्थिक नीति आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुने पार्टीको महासमिति बैठकमा पेश गरिनेछ ।

उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसाय संरक्षण नीति अख्तियार गरिने उक्त नीतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ