नेपाल ल्याण्ड लिंक्ड कन्ट्री : अध्यक्ष प्रचन्ड

राजनीति

11/4/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १७ कार्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब ल्यान्ड लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्री भएको बताएका छन् ।

अध्यक्ष दाहालले अब नेपालले बिश्वको जुनसुकै ठाउँबाट पनि व्यापार सम्झौता गर्ने सक्ने बताए । उनले चीनसँगको पारवाहन सम्झौंताले अब ४ बटै वन्द्रगाह प्रयोग गर्ने सक्ने बताएका छन् । अब भारतमात्र सीमित नरहेको उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुटवलमा शुभकामना सन्देशसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिलेसम्म सरकार नीति नियम बनाउन व्यस्त रहेकोले अब सरकारको काम तीव्र हुने बताएका छन् ।

अहिलेसम्म बर्षाको समय थियो सरकार एक गियरमा थियो अब सरकार चार गियरमा काम गर्ने बताएका छन् । अब कसैले बिकासको कामलाई रोक्न नसक्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ