नेपालगञ्ज, १ मंसिर । हिन्दुहरुको धार्मिक भावनालाई ठेस पु¥याउने काम भइरहेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल शिवसेनाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
केही दिन अगाडी बाँकेको हिरिमिनियामा गाई काटिएको घटनालाई सम्झाउँदै सो घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कार्यवाहीको माग समेत गरिएको छ ।
विज्ञप्तीमा भनिएको हिन्दुहरुको पर्व तिहार र छठ पुजाको लगत्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ जंगलीसिंह पुरवामा गाई काट्ने काम गरेर गैरहिन्दु समुदायका अनुयायीहरुले समाजमा जातिय द्वन्द्व मच्चाउन र धार्मिक भावनामा आघात पु¥याउने कार्य गरेकोले त्यो सम्वेदनशिल विषयमा पनि राजनीतिक दबावका आधारमा दोषीलाई उम्काउने प्रयास भएको छ ।
अपराधी जोसुकै भएपनि नेपाल सरकारले उचित सजाय गरोस् भन्दै ज्ञापनपत्र मार्फत नेपाल शिवसेनाले ३ सुत्रीय माग अगाडी सारेको छ ।
नेपाल शिवसेना र नेपाल आर्य समाजद्वारा जारी विज्ञप्तीमा कुनै पनि बहानामा दोषीलाई बचाउने काम नहोस्, अपराधको छानबिन चुस्त र भरपर्दो होस्, अपराधीलाई अविलम्भ कानुनको दायरामा ल्याएर कार्यवाही गरियोस् भनिएको छ । ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई पठाइएको छ ।
तपाईको प्रतिक्रिया