नयाँ शक्तिको प्रचार विभाग टोली भारत प्रस्थान

राजनीति

1/14/2019

काठमाडौं, ३० पुस । सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न नयाँ शक्ति पार्टीको प्रचार विभागको टोली भारत भ्रमणमा गएको छ ।

प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टोलीले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आम आदमी पार्टीलगायतका ठूला पार्टीका प्रचार टोलीलाई भेटेर नयाँ नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चारप्रचार रणनीतिलगायतबारे अध्ययन गर्नेछ ।

आम सञ्चारका मिडियासँगको सम्बन्ध, प्रभावकारी सञ्चार रणनीति, चुनावी सञ्चार्प्रचार रणनीतिका सम्बन्धमा समेत छलफल गर्न राजनीतिक पार्टीका नेताहरूका साथसाथै सञ्चार विज्ञहरूसँग समेत भेटघाट गरी छलफल गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

विभाग प्रमुख पाण्डेका अनुसार त्यहाँका राजनीतिक पार्टीका शीर्ष तहका राजनीतिक व्यक्तित्वहरूसँग पनि भेटघाट हुनेछ ।

पार्टीको हेडक्वार्टरले विश्वदीप पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ