नेपालगञ्ज, २६ कार्तिक । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई स्मार्ट भिलेज बनाउने घोषणा गरेका छन् ।
उनले जनता आवास कार्यक्रमअन्तर्गत यो वर्ष नरैनापुरका ३०० घरपरिवारलाई आवास दिइने पनि उनले बताए । नरैनापुरमा आइतबार आयोजना गरिएको कार्यक्रममा मन्त्री राईले पाँच वर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, “मैले आफ्नो मन्त्रालयअन्तर्गतका केही योजना यो वर्ष पारेको छु, अन्य योजना आगामी वर्षमा थपिँदै जान्छन्, अरू मन्त्रालयसँग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।”
मन्त्री राईले बस्ती सुधार कार्यक्रमअन्तर्गत नरैनापुरलाई स्मार्ट भिलेज बनाइने उद्घोष पनि गरे । “प्रदेश नं ५ मा चार वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकामा बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा दुई वटा स्मार्ट भिलेज बनाउने योजना परेको छ”, उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया