काठमाडौं, ११ बैशाख । नवगठित जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
बिहीबार बिहान जसपा नेपालका नेताहरु आयोगको कार्यालयमा पुगी दल दर्ता गराएका हुन् । आयोगमा जसपा नेपालको दर्ता नं. १३८८ रहेको छ ।
बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । सहमतिपत्रमा समान हैसियतमा दुवै पार्टीबीच एकता भएको उल्लेख छ ।
जसको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयताकार आकारको रातो र हरियो रंगको बीचमा हुने र चुनावचिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया