काठमाडौं, २० माघ । भारतका लागि नेपाली राजदूतको रुपमा मन्त्रिपरिषद्बाट सिफारिस भएका निलाम्बर आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
तपाईको प्रतिक्रिया