रौतहट, १९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश २ को सचिवालय कमिटीको बैठक रौतहटमा समपन्न भएको छ ।
प्रादेशिक समितिको अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको बैठकले नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष तथा प्रेस फेरमको सदस्य रविन्द्र प्रसाद साहलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले विना आरोप पुस्टि हुँदै अवैधानिक रुपमा गरेको निलम्बन प्रति निन्दा गरेका छन् ।
वैचारिक आस्थाको आधारमा निर्वाचित पदाधिकारीलाइ ४५ दिनको लागि निलम्बन गर्ने निर्णयको घोर भत्सर्ना बैठकले गर्दै यस्तो कार्य आगामी दिनमा नगर्न चेतावनी समेत दिएको छ ।
साधारण सभाबाट आय व्यय बहुमतले पास भएको हुदा केन्दीय कार्यालयले पार्टीगत रुपमा अध्यक्ष साहलाई गरे निलम्बन निर्धारित समय सिमा भित्रमा फुकुवा गर्नलाइ मांग गर्दै हाम्रो मांग प्रति ध्यान दिएन भने संघर्षमा उत्रिने चेतावनी दिएका छन् । बैठकले चैत्र महीना भित्र प्रदेश भित्रका बाकी जिल्लाको जिल्ला अधिवेशन संपन्न गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया