निशुल्क कानूनी सहायता लिन सर्वसाधारणलाई मुख्यमन्त्री राउतको आह्वान

राजनीति

12/30/2018

वीरगंज, १४ पुस । मुख्यमन्त्री लालबाबु राउतले अन्यायमा परेका गरिब, दलित, मुश्लिम महिला लगायतका समुदायलाई प्रदेश सरकारले स्थापना गरेको प्रदेश कानूनी सहायता कार्यालयबाट निःशुल्क कानूनी सेवा लिन आह्वान गरेका छन् ।

वीरगंज जिल्ला अदालत अगाडी प्रदेश कानूनी सहायता कार्यालयको आज विहानै उद्घाटन गर्दै उनले समाजिक अन्यायमा परे पनि कानूनी न्याय पाउन नसकेका वर्गको लागि कानूनी सहायता उपलब्ध गराउन प्रदेश सरकारले यो कार्यालयको स्थापना गरेको बताए ।

उनले जातीय तथा लैङ्गिक हिंसा एवं अन्याय मा परेका गरिब तप्काहरुले न्याय पाउन नसकेको महशुस गर्दै प्रदेश सरकारले उनिहरुको सहयोगको लागि कार्यालय स्थापना गरेको बताउँदै अव उपरान्त असहाय वर्गले निशुल्क कानूनी सहयोग पाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले मुख्यन्यायाधिवक्ता कार्यालयको मातहत रहने प्रदेश कानूनी सहायता कार्यालयले आठ वटै जिल्ला बाट सेवा दिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ