पत्रकारलाई १ करोड जरिवाना त्रुटिवश पर्न गयो : कानूनमन्त्री यादव

राजनीति

5/17/2019

जनकपुरधाम, ३ बैशाख । प्रदेश २ को सरकारले सञ्चारसम्बन्धी विधेयकमा सम्प्रभुताविरुद्ध समाचार लेखे सञ्चारकर्मीलाई ५० लाखदेखि एक करोडसम्मको जरिवाना भन्ने वाक्यांश र शब्दावली प्राविधिक त्रुटिवश पर्न गएको जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी सो वाक्यांश र शब्दावलीलाई सञ्चारकर्मीहरुको थप परामर्शबाट संशोधन र परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन्

प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पुग्ने र सञ्चारकर्मीहरुको जनउत्तरदायी कार्य निषेध गर्ने कुनै पनि पर्यत्न वा नियत प्रदेश सरकारको नरहेको कानूनमन्त्री यादवले प्रष्ट्याएका हुन् ।

पत्रकार र सञ्चार गृहहरुको गुणवत्र्ता वृद्धि गर्न प्रदेश सरकार गम्भीर रहेको मन्त्री यादवले विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ