‘पुनर्निर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ’

राजनीति

1/15/2019

काठमाडौं, ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषदको बैठकलाई सोमबार साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुनर्निर्माणको काम सक्न हरतरहले प्रयत्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले पुननिर्माणका व्यवहारिक रुपमा अझ सहज बनाउन स्थानीय तहसँग समन्वय गर्नप्राधिकरणलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ