रौतहट, १० असोज । रौतहट जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण गर्ने जिम्मा लिएका निर्माण कम्पनी पपु कंस्ट्रक्सनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गत भाद्र ९ गते भएको डूंगा दुर्घटनाको दोषी निर्माण कम्पनी भएको भन्दै मुलुकी फौजदारी कार्य्विधि सहिंता ऐन २०७४ को परिच्छेद २ को दफा ९ को उपदफा २ बमोजिम तत्कालै पक्राउ गर्नु पर्ने मानसिब कारण उल्लेख गरी दिएको निवेदन अनुसार जिल्ला अदालतले सोही ऐनको उपदफा ३ अनुसार पक्राउ पुर्जी जारी गर्न असोज ४ गतेमा अनुमति प्रदान गरेको हो ।
प्रहरी उपरीक्षक केदार ढकालले अदालतले दिएको अनुमति अनुसार सही ऐनको अनुसूची ८ बमोजिम निर्माण कम्पनीका संचालक सुमित रौनियारको नाउमा पुर्जी जारी गरिसकेको बताएका छन् ।
तपाईको प्रतिक्रिया