‘पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्न’

राजनीति

9/16/2018

कलैया, २४ भाद्र । नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताएका छन् ।

१०५औँ बिपी जयन्तीको अवसरमा आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावीरहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

स्व महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको भन्दै बिपीले बोकेको सपनालाई साकार गर्नका लागि सबै एकजुट भएर बिपीको मार्गदर्शनमा लाग्नुपर्ने उनको जोड थियो । त्यसैगरी केन्द्रीय सदस्य राधेचन्द्र यादवले नेपाली काङ्ग्र्रेस बिपीको सिद्धान्त र विचारमा नहिँडेका कारण देशभरी पराजय भोग्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ