पार्टीभित्र आन्तरिक द्वन्द्व भएपनि अराजक छैन : सभापति देउवा

राजनीति

11/20/2018

विराटनगर, ३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक द्वन्द्व रहेपनि अराजक नरहेको बताएका छन् ।

उनले पार्टीमा कोइरालाहरूबीचको एकताबाट पार्टीलाई फाइदा हुने समेत बताएका छन् । विराटनगर विमानस्थलमा उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ