पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

राजनीति

9/30/2018

घोराही, १४ असोज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् ।

पे्रस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनका लागि सुझाव सङ्कलनमा जुटेको बताए । संघीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हँुदा अहिले पार्टीको सबै शक्ति त्यसतर्फ लागेको उनको भनाइ थियो ।

कांगे्रस ऐतिहासिक पार्टी भएको हँुदा लोकतान्त्रिक गणतन्त्र र संघीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुँदा आफूले सो कामलाई जोडदार रूपमा अगाडि बढाएको दाबी गरे ।

उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए । नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । “विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,” निधिको आरोप थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ