रौतहट, २९ पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले युवाहरुको भित्र लुकेका प्रतिभा बाहिर ल्याउने एक मात्र विकल्प खेलकुद रहेको बताएका छन् ।
गौर नगरपालिका अन्तर्गत रहेको राईस मिलको मैदानमा आयोजित दोस्रो मेयर कप च्याम्पियनशिप क्रिकेट प्रतियोगिता २०७५ को उद्घाटन समारोहमा सम्वोधन गर्दै मेयर गुप्ताले शारिरिक तन्दुरुस्ती तथा मानसिक विकासका लागि समय समयमा खेलकुद प्रतियोगिताको आयोजना आवश्यक भएको जिकिर गरे ।
रौतहटमा खेल प्रति रुची राख्ने खेलाडी भएपनि खेलकुद मैदानको अभावले युवाहरु आफनो प्रतिभालाई देखाउन नसकेको टिप्पणी गर्दै गौर नगरपालिकाले राईस मिलको जग्गा अधिग्रहण गरेर खेलाडी, नगरवासीको चाहनालाई छिटै पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
नियमित रुपमा विभिन्न किसिमका प्रतियोगिताहरु आयोजना भइरहदा खेलाडीहरुलाई आफनो प्रतिभा देखाउने मौका मिल्ने मेयर गुप्ताको भनाई रहेको छ ।
पढाई लेखाईको साथ साथ खेलकुद पनि जरुरी रहेको बताउदै मेयर गुप्ताले शरिरको स्वास्थ्य राख्न खेलकुद महत्वपूर्ण रहेको बताए । उनले भने खेलाडीहरुको आकांक्षा चाहनालाई गौर नगरपालिका पुरा गर्दै जाने छन् ।
शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्नेमा प्राथमिकताका साथ अघि बढीरहेका दोहराउदै मेयर गुप्ताले राईस मिलको जग्गा अधिग्रहण प्रक्रियामा सघाउन सवै स्थानियवासी, खेल प्रेमी जनता, खेलाडीलाई आग्रह गरे ।
विकास प्रेमीको नामले चर्चित हुदै गएका युवा मेयर गुप्ताले अगामी दिनमा एतिहासिक खेल मैदानको रुपमा राईस मिलको ग्राउण्ड हुने दावी गरे ।
युवाहरुको दिल जित्न सफलता हासिल गरेका नगर प्रमुख गुप्ताले आजको युवा भोलिका देशका कर्णधार रहेकोले गौरको युवा स्वस्थ ,निरोग, वुद्धिजिवी, बलियो र योग्य होस भन्ने मेरो सोच रहेकोले सामाजिक विकासमा दृढताका साथ लागि परेको उल्लेख गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मुख्यमंत्री स्वच्छता अभियानका सरसफाई दूत रेवन्त झाले खेलकूदको विकासले मानिसको शारीरिक विकास हुने बताएका छन् ।
विधार्थीहरुलाई सधै भरी किताबमा ध्यान केंद्रित हुनुको साथै खेलकूदमा अग्रसर हुनु जरुरी भएको जिकिर गरे । उनले भने खेलकूदमा पनि उत्कृष्ट गर्नु पर्छ ।
वड़ा नंबर ६ का वड़ा अध्यक्ष तथा गौर नगरपालिकाका प्रवक्ता शेख जमशैदले नगरपालिका नगरको चौतर्फी विकासको लागि तत्पर रहेको र सोही अनुरूप अगाडी बढिरहेको बताएका छन् ।
उद्घाटन समारोहमा खानेपानी सरसफाई कार्यालयका प्रमुख अनिल केसरी गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की लगायत वडा अध्यक्षहरु भरत साह, राकेश झा, भुनेश्वर शाही, श्यामसुन्दर पटेल, रामस्वार्थ यादव उपस्थित रहेका थिए । उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया