जनकपुरधाम, २४ माघ । मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताएका छन् ।
प्याब्सन प्रदेश अधिवेशनको आज वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई नै प्राविधिक शिक्षाको हव बनाउने योजना अनुरुप प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालय स्थापना गरिने उल्लेख गरे ।
उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटीईभिटीलाई प्रदेशलाई हस्तान्तरण गर्न आनाकानी गरि रहेको गुनासो गर्दै उनले भने, ‘संविधानले प्रदत गरेको अधिकार प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्दैन ।
प्राविधिक शिक्षा सम्बन्धि ऐन हामीले तयार गरि सकेका छौ, एक साता भित्र प्रदेश सभामा जान्छ ।’ ऐन पारित भए लगतै प्राविधिक शिक्षालय स्थापनाको क्रम शुरु हुने उनको कथन थियो ।
सम्बन्धित निकायको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षा लगायतको क्षेत्रमा प्रगति गर्न नसकेको उल्लेख गर्दै उनले प्रदेश सरकार अव त्यस्तो हुन दिने उल्लेख गरे ।
संस्थागत विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको उल्लेख गर्दै उनले नयाँ नीति संस्थागत विद्यालयलाई धाराशायी गर्ने नभई व्यवस्थित गर्ने खालको हुनु पर्ने बताए ।
तपाईको प्रतिक्रिया